होमपेज > टाटाको एययूभी कर्भ ईभी नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य

टाटाको एययूभी कर्भ ईभी नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य

बिज्ञापन
बिज्ञापन

टाटाको एययूभी कर्भ ईभी नेपालमा सार्वजनिक भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कार सार्वजनिक गर्दै मूल्य पनि घोषणा गरेको हो ।

बिज्ञापन

नेपालमा कर्भको टप भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भारतमा कर्भ ईभीको पाँच भेरियन्ट उपलब्ध छ । टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई(रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । एलईडी लाइटिङ, टच-बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ । कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् ।

बिज्ञापन

 

बिज्ञापन

अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ । ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ । ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ । सिप्रदीका अनुसार नेपालमा टप भेरियन्टको कर्भको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ पर्नेछ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते