एक हप्तापछि फागुन ८ गते ओमानबाट फर्केकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज साँझ जेनेभा प्रस्थान गर्ने भएकी छिन्।
बिज्ञापन
फागुन १२ गते १४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय बैठकमा भाग लिन उनी आज त्यसतर्फ जाने भएकी हुन् । परराष्ट्रमन्त्री राणााले उक्त बैठकलाई फागुन १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आफ्नो भ्रमण क्रममा उनले आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्र संघका एजेन्सी र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
बिज्ञापन
परराष्ट्रमन्त्री राणाले २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूसँग समर्थन पनि माग्ने छिन्। उनी फागुन १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।








