होमपेज > महाकुम्भ स्नानका लागि भारततर्फ जाँदै गरेको गाडी दुर्घटना: पूर्व प्रधानाध्यापकको मृत्यु

महाकुम्भ स्नानका लागि भारततर्फ जाँदै गरेको गाडी दुर्घटना: पूर्व प्रधानाध्यापकको मृत्यु

बिज्ञापन
बिज्ञापन

सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्वशिक्षक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

बिज्ञापन

महाकुम्भ स्नानका लागि भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको ज्यान गएको हो। उनी ईश्वरपुर नगरपालिका–३, भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए।

बिज्ञापन

ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर भएका सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बस्दै आएका थिए। श्रीमती र अन्य आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परे पनि अन्य सबै सकुशल रहेको पारिवारिक स्रोतले जनाएको छ।

नगर प्रमुख मनोजकुमार आचार्यले सिंहको निधनले नगरले एक बुद्धिजीवी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। सर्लाहीबाट महाकुम्भ स्नानका लागि जाने भक्तजनहरूको आवागमन निरन्तर रहेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते