होमपेज > रवि लामिछानेले सहकारीको रकम ठगेका छन्, सजाय पाउनुपर्छः डा. शेखर कोईराला

रवि लामिछानेले सहकारीको रकम ठगेका छन्, सजाय पाउनुपर्छः डा. शेखर कोईराला

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन्।

बिज्ञापन

शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै कोइरालाले लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेकाले सजाय पाउनुपर्ने बताएका हुन्। तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए।

बिज्ञापन

‘ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी प्रोटेक्शन लिन सक्दैनौं। किन लगेको थियो त ? प्रोटेक्शन दिन सक्दैन भने चितवनमारु,’ उनले भने। उनले कांग्रेस कमजोर भएकाले अधिवेशन समयमै गर्न पनि नेतृत्व तहलाई दबाब दिनुपर्ने बताए। ‘तपाईंहरुले साथीहरुलाई भेट्दा कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्‍यो। सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुपर्‍यो,’ उनले भने।

त्यस्तै अहिले सरकार नै एमालेकरण भइरहेको जस्तो देखिएको पनि कोइराराले बताए। ‘मलाई चिन्ता मलाई कहाँ लागेको छ। राज्य नै एमालेकरण भइरहेको छ की भन्ने देखिरहेको छु। सरकार नै एमालेकरण भइरहेको छ की भन्ने हो। त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ। मन्त्रीज्युहरुले सहकार्य गर्ने हो त्यसमा कुनै शंका नै भएन। तपाईं हामीले खबरदारी गरिरहनुपर्छ। र मात्रै हाम्रा मन्त्रीहरु सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ,’ उनले भने।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते