राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ।
बिज्ञापन
बुधवार सो पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाले सो आह्वान गरेका हुन्। राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागतसमेत गरेका छन्।
बिज्ञापन
उनले भनेका छन् : ‘यहि परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई सङ्कटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपालीलाई जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्छु।’








