होमपेज > नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता

नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता

बिज्ञापन
बिज्ञापन

नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता भएको छ।

बिज्ञापन

जसअनुसार सिधा उडान मार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुने भएको छ। यो सम्झौताअनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत् विश्वभरीको अन्तिम गन्तव्यसम्मको लागि यात्रु तथा व्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ।

बिज्ञापन

त्यसैगरी सोही नेटवर्क हुँदै विश्वभरीबाट पर्यटकहरू सहज रूपमा नेपाल भ्रमण गर्न सक्ने छन्। यसबाट नेपाल वायुसेवा निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार यसबाट नेपाल र जापानबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध थप सुदृढ हुनेछ।

साथै यात्रुलाई जापानका विभिन्न गन्तव्यहरुमा सहज पहुँचको अवसर प्रदान हुने एवं जापानी पर्यटकलाई पनि उच्च स्तरको सुविधासहित नेपाल भ्रमणको लागि आकर्षक टुर प्याकेजहरू बनाउन सहज हुने बताए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते