होमपेज > जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान

जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान

बिज्ञापन
बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको छ। खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गर्ने उद्देश्यले मन्त्रालयले दरखास्त आह्वान गरेको हो।

बिज्ञापन

त्यसका लागि प्रबन्ध सञ्चालकको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ जारी गरेको छ। उक्त कार्यविधिमा तोकिएको मापदण्ड अनुसार इच्छुक व्यक्तिहरूलाई सात दिनभित्रमा आवेदन दिन आह्वान गरेको हो।

बिज्ञापन

लिमिटेडको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा शिक्षा, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेर कुनै संस्था वा निकायको अधिकृत स्तरको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।

आवेदनकर्ताहरूले पाँच हजार शब्दमा नबढ्नेगरी व्यावसायिक कार्ययोजना तयार गरी कार्ययोजनाका कुनै पनि पानामा आफ्नो पहिचान नखुल्नेगरी चार प्रति सिलबन्दी सहितको खाममा पेस गर्नुपर्नेछ।

बिज्ञापन

आवेदन दिने व्यक्तिहरू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वयं घोषणा गर्नुपर्नेछ। जनक शिक्षा सामाग्री केन्द्रसँगको ठेक्का वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफैं वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नभएको वा केन्द्रसँग निजी स्वार्थ नभएको हुनुपर्नेछ।

त्यस्तै आवेदनकर्ताको नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको हुनुपर्नेछ। मन्त्रालयले प्रबन्ध सञ्चालक पदमा नियुक्तिको लागि सिफासिर गर्न एक छनौट समिति बनाएको छ। सञ्चालक समितिका सेवा निवृत्त अध्यक्ष मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जनाको संयोजत्वमा छनौट समिति हुनेछ। जसको सदस्यमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशन हुनेछ भने। मन्त्रालयको कर्मचारी प्रशासन हेर्ने सहसचिव सदस्य सचिव हुनेछन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते