१९ वटा बैंकले यो वर्षको साधारणसभा बोलाएका छन्। सञ्चालनमा रहेको बीस वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा आह्वान गरेका हुन्। यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी छ।
बिज्ञापन
यसरी साधारणसभा हुन बाँकी बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन्। एनआईएमबीको फागुन १५ गते र एनआईशी एशियाको फागुन २२ गते साधारणसभा हुनेछ। एनआईशी एशियाले मंगलबारमात्रै साधारणसभा घोषणा गरेपछि यो संख्या १९ पुगेको हो। नेपाल बैंकले भने साधारणसभा बोलाएको छैन, बैंकले यो वर्ष लाभांश भने नदिने उल्लेख गरेको छ।
बिज्ञापन
११ बैंकको लाभांश घोषणा
यो वर्ष सबै वाणिज्य बैंकले लाभांशसम्बन्धी निर्णय गर्दा ११ बैंकले लाभांश घोषणा गरेका छन्। नौ वाणिज्य बैंकले लाभांश दिन सकेनन्। यसरी लाभांश दिन नसक्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन्।
बिज्ञापन
गत वर्ष आठ बैंकले लाभांश दिएका थिएनन्। त्यसरी लाभांश नदिने बैंकहरुमा नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र सिटिजन्स बैंक रहेका थिए।
पोहोर लाभांश दिन नसकेका कृषि विकास, प्राइम र सिटिजन्स बैंकले लाभांश दिएका छन्। पोहोर लाभांश दिएर यो वर्ष दिन नसक्नेमा राष्ट्रिय वाणिज्य, सिटिजन्स, एनआईशी एशिया, र माछापुच्छ्रे बैंक रहेका छन्। दुवै वर्ष लाभांश दिननसक्ने बैंकहरुमा सिद्धार्थ, नेपाल एसबीआई, लक्षी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सानिमा, ग्लोबल आईएमई र एभरेष्ट बैंक रहेका छन्।
कुन बैंकले कति दिए लाभांश?
लाभांश घोषणा गरेका ११ बैंकमध्ये यो वर्ष ५ बैंकले दोहोरो अंकमा लाभांश दिन सफल भएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले सर्वाधिक २५.५० प्रतिशत, एभरेष्ट बैंकले १५.५३ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत, कृषि विकास बैंक १०.५३ प्रतिशत र नबिल बैंक १० प्रतिशतसहित दोहोरो लाभांश दिने बैंकको सूचीमा रहेका छन्।
यसबाहेक ग्लोबल आईएमईले ५.५० प्रतिशत, सानिमा र लक्षी सनराइज बैंकले समान ५.२६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ५ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत र सिद्धार्थ बैंकले ४ प्रतिशत लाभांश वितरण गरेका हुन्।
गत वर्ष एनआईशी एशिया बैंकले सर्वाधिक ३०.५२ प्रतिशत लाभांश दिएको थियो। त्यस्तै, एभरेष्टले २०.५३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले २९ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नबिल बैंकले ११ प्रतिशत र नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश दिएका थिए।
त्यस्तै, ग्लोबल आईएमई बैंकले ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत, सिटिजन्स बैंक ५.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.५० प्रतिशत र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत बराबरको लाभांश घोषणा गरेका थिए।
प्रस्तुत विवरण अनुसार १० बैंकको लाभांश घटेको छ, पाँचवटा बैंकको बढेको छ भने बाँकी पाँच बैंकको लाभांश शुन्यमा स्थिर रहेको देखिएको छ।
नगदमा केन्द्रित हुँदै बैंकको लाभांश
विगत दुई वर्षमा दुवैपटक लाभांश दिएका बैंकको लाभांशको प्रकृति यसपटक परिवर्तन भएको छ। गत वर्ष कुल बोनस सेयरबापत ४८.०१ प्रतिशत बोनस शेयर दिँदा यो वर्ष यो ३७.२६ प्रतिशतमा घटेको छ। खासगरी पाहोर आकर्षक बोनस शेयर घोषणा गरेका एनआईशी एशिया बैंक र माछापुच्छ्रे बैंकले यसपटक लाभांश नदिँदा यो फरक देखिएको हो।
यो वर्ष बोनस शेयर भन्दा नगद लाभांशलाई बैंकहरुले बढी केन्द्रित गरेको देखिन्छ। लाभांश वितरण गर्ने निर्णय गरेका बैंकमध्ये ६ वटाले बोनस शेयर र १० वटा बैंकले नगद लाभांश दिँदा यो वर्ष ७ वटा बैंकले बोनस शेयर दिँदा १२ वटाले नगद लाभांश दिएका छन्।








