होमपेज > बुद्ध एयरको फ्लाइटमा एक टिकट किन्दा अर्को टिकट निःशुल्क

बुद्ध एयरको फ्लाइटमा एक टिकट किन्दा अर्को टिकट निःशुल्क

बिज्ञापन
बिज्ञापन

प्रेम दिवसलाई विशेष बनाउन बुद्ध एयरले ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ ।

बिज्ञापन

बुद्ध एयरले आफ्नो माउन्टेन फ्लाइटमा एक टिकट किन्दा अर्को निःशुल्क दिने भएको हो । बुद्ध एयरमार्फत बिहानै हुने माउन्टेन फ्लाइटमा एक टिकट किन्दा अर्को टिकट समेत निःशुल्क दिने गरी योजना सार्वजनिक गरिएको बुद्ध एयरले जनाएको छ । यो अफर फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे को एक दिन मात्रै लागू हुनेछ ।

बिज्ञापन

बिहानै हुने माउन्टेन फ्लाइटबाट सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्कर लगायतका हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अफरमा जोडीलाई झ्यालको सिट र सँगैको सिट प्रदान गरिनेछ । यस अफरमा जोडी यात्रुहरूलाई चकलेट, गुलाफको फूल तथा चिया स्पटको खाजाका लागि छुट भाउचर प्रदान हुनेछ । त्यसबाहेक गोला प्रथाबाट छानिएका तीन जोडी यात्रुहरूले दुई दिन एक रातका लागि दलाई–ला–बुटिक होटेलमा निःशुल्क बसाइको सुविधा पाउनेछन् । माउन्टेन फ्लाइटमा सहभागी अन्य यात्रुहरूलाई समेत छुट भौचर प्रदान हुनेछ ।

त्यस्तै उडानमा सहभागी भएका पाँच जोडी यात्रुलाई निशुल्करुपमा चन्द्रागिरि केबलकारका टिकट उपलब्ध गराइने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरको यो अफर पाउन एयरलाइन्सको काउन्टरबाट खरिद गर्नु पर्नेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते