प्रभु बैंकले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानलाई कृषि कर्जा प्रवाह गर्ने भएको छ ।
बिज्ञापन
कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको ‘प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१’ समारोहमा त्यस्तो सम्झौता भएको हो ।
बिज्ञापन
किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने सो समझदारीपत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट अध्यक्ष किशोर बगाले र प्रभु बैंकका प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।








