र्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका ७ ताराताल बस्ने ५१ वर्षिया जुनाकुमारी लामिछानेलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
बिज्ञापन
भारतीय सीमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा अवस्थामा लामिछानेलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । घाँस काटिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गर्दा उहाँको घाँटीमा चोट लागेको थियो ।
बिज्ञापन
उहाँको तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्तिमगरले बताउनुभयो । भारतीय जङ्गलबाट आएको चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । ताराताल क्षेत्र भारतको सीमा नजिक पर्दछ ।








