होमपेज > बलिउड अभिनेता सोनू सूदविरूद्ध पक्राउ पुर्जी जारी

बलिउड अभिनेता सोनू सूदविरूद्ध पक्राउ पुर्जी जारी

बिज्ञापन
बिज्ञापन

बलिउड अभिनेता सोनू सूदविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

बिज्ञापन

उनलाई १० लाख रूपैयाँ ठगीसम्बन्धि मुद्दामा पञ्जाबको एक अदालतले बयान दिन बोलाइएको थियो। पटक पटक बोलाए पनि अभिनेता साक्षी दिन आएनन्। त्यसपछि पञ्जाबको एक अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अब यस मामिलामा अर्को सुनुवाइ फेब्रुअरी १० मा हुनेछ। पञ्जाबको लुधियानाका न्यायिक मजिस्ट्रेट रमनप्रीत कौरले बलिउड अभिनेता सोनू सूदविरूद्ध पक्राउ वारेन्ट जारी गरेका हुन्। लुधियानाका वकिल राजेश खन्नाले मोहित शुक्लाविरूद्ध १० लाख रूपैयाँको ठगीको मुद्दा दायर गरेका छन्।

बिज्ञापन

आफ्नो उजुरीमा वकिल राजेश खन्नाले आफूलाई नक्कली रिजिका सिक्कामा लगानी गर्न प्रलोभनमा पारेको आरोप लगाएका छन्। यसबाहेक उनले आफ्नो उजुरीमा अन्य धेरै गम्भीर आरोप लगाएका छन्। सो उजुरी अन्तर्गत सोनु सुदलाई बयानका लागि अदालतमा बोलाइएको थियो। तर बारम्बार आदेश जारी हुँदा पनि सोनू सूद बयान दिन अदालतमा उपस्थित भएनन्। उनी अनुपस्थित भएका कारण अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको हो। यो वारेन्ट ओशिवारा पुलिस स्टेसन, अँधेरी वेस्ट, मुम्बईमा पठाइएको छ, जसमा उनीहरूलाई अभिनेतालाई पक्राउ गरी अदालतमा पेस गर्न निर्देशन दिइएको छ।

यसैविषयमा सोनूले आफ्नो अभिव्यक्ति दिएका छन्। ‘हामीलाई स्पष्ट रूपमा भन्नु छ। सामाजिक सञ्जालमा जुन समाचार भाइरल भइरहेको छ। हामीले माननीय न्यायालयद्वारा एक तेस्रो पक्षबाट सम्बन्धित मामिलामा साक्षीको रूपमा बोलाएका थियौं। जसमा मेरो कुनै हात छैन। हाम्रो वकिलले जबाफ दिएको छ कि १० फेब्रुअरीमा हामी एक स्टेटमेन्ट जारी गछौं। जसबाट हामी यस मामिलामा सहभागी छैनौं भन्ने प्रस्ट हुन्छ, ‘उनले ट्विटमा लेखेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते