होमपेज > रौतहटमा जिल्ला अदालत अगाडि न्यायको माग गर्दै धर्ना

रौतहटमा जिल्ला अदालत अगाडि न्यायको माग गर्दै धर्ना

बिज्ञापन
बिज्ञापन

कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिएको भन्दै रौतहटमा एक परिवार जिल्ला अदालत अगाडि धर्नामा बसेको छ।

बिज्ञापन

पसलमा उधारो सामान नदिएको भन्दै २०७६ असार ४ गते राति १० बजे यमुनामाई गाउँपालिका–४, सरुअठा गाउँका विनोद गुप्तालाई गाउँकै एक समूहले मरणासन्न हुने गरी कुटपिट गरेको थियो। टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज बीरगंजमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो।

बिज्ञापन

मृत्यु लगत्तै मृतकको भाइ राजन गुप्ता र उनको श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा नाबालक निखिल सिंह, विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।

रामकिशोर सिंह र रामविनोद सिंह, निखिल कुमार सिंहलाई १ वर्षअघि प्रहरीले पक्राउ गरी रौतहट जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले अभियुक्तमध्ये एक जना नाबालक १३ वर्षीय निखिल कुमार सिंहलाई तत्काल सुधार गृह बीरगंज र पछि अभिभावकको जिम्मा लगाएको थियो । रामकिशोर सिंह र रामविनोद सिंहलाई जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो।

बिज्ञापन

माघ २० गते आइतबार जिल्ला न्यायाधीश मनोज केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै दुवैलाई सफाइ दिएपछि पीडित परिवार आन्दोलित भएका हुन्। सोमबारदेखि जाहेरीवाला राजन गुप्ता र मृतककी श्रीमती अनिता देवी सपरिवार समर्थकसहित आन्दोलन तथा धर्नामा उत्रिएका हुन्।

उक्त घटनाका अन्य ४ जना आरोपित भने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते