सत्तारुढ नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल काठमाडौंबाट पक्राउ परेका छन्।
बिज्ञापन
उनलाई मानव तस्करी तथा ठगीको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए।
बिज्ञापन
उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ। विभिन्न देशमा रोजगारीमा पठाइ दिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ। पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए।








