बैंक तथा वित्तीय संस्थामार्फत ६ महिनामै शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) २६.३ प्रतिशत बढेको छ।
बिज्ञापन
अन्य क्षेत्रमा कर्जा प्रवाह न्यून रहेका बेला सेयर धितो कर्जा भने उल्लेख्य देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ। पुस महिनामा मात्रै ५ अर्ब ८३ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह भएको छ। शेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक देखिएका छन्।
बिज्ञापन
पुस मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ७५ अर्ब ४४ करोड प्रवाह भएको छ। ६ महिनामा यो सीमाको कर्जा ३४।९ प्रतिशत बढेको हो। असार मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ५५ अर्ब ९३ करोड प्रवाह भएको थियो। कुल मार्जिन कर्जामा १ करोडमाथिको कर्जा हिस्सा ६६ प्रतिशत हो। त्यस्तै ६ महिनाको अवधिमा ५० लाखदेखि १ करोडसम्मको मार्जिन कर्जा १४.९ प्रतिशत बढेको छ। पुस मसान्तसम्म यो सीमाको कर्जा १४ अर्ब २८ करोड रुपैयाँ गएको छ।
२५ देखि ५० लाखसम्मको कर्जा पुस मसान्तसम्म १६ अर्ब १४ करोड प्रवाह भएको छ। ६ महिनामा यो सीमाको कर्जा ११.९ प्रतिशत बढेको हो। २५ लाखमुनिको मार्जिन कर्जा पुस मसान्तसम्म ७ अर्ब ९० करोड प्रवाह भएको छ। सानो सीमाको यो कर्जा ६ महिनामा जम्मा ८.१ प्रतिशत बढेको छ।








