सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने जनाएको हो।
बिज्ञापन
सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले नगद लाभांश दिने निर्णय छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।
बिज्ञापन
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ। कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको छ। कम्पनीले घोषणा गरेको यो लाभांश बीमा प्राधिकरण र साधारण सभाबाट स्वीकृत भएपश्चात् शेयरधनीले पाउने भएका छन्।







