होमपेज > नेता तेजप्रसाद रिजालको निधन

नेता तेजप्रसाद रिजालको निधन

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसका नेता तेजप्रसाद रिजालको निधन भएको छ।

बिज्ञापन

ट्रेड युनियनमा आबद्ध नेपाल इम्बोइडरी ह्याण्डिक्राफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घका अध्यक्षसमेत रहनुभएका रिजालको गएराति हृदयघातका कारण निधन भएको ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले जानकारी दिनुभयो।

बिज्ञापन

रिजालको निधनप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। युनियनका महासचिव अजयकुमार राईले आज शोक विज्ञप्ति जारी गरी रिजालको निधनले नेपालको श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताउनुभयो।

ट्रेड युनियन कांग्रेसले रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। युनियनको आज बसेको आकस्मिक बैठकले ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय आज एक दिन बन्द गर्ने, तीन दिनसम्म आधा झण्डा झुकाउने साथै तीन दिनसम्म युनियनका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको महासचिव राईले बताउनुभयो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते