होमपेज > पाथिभरा केबलकार विवादः ९ जिल्लामा यातायात बन्द

पाथिभरा केबलकार विवादः ९ जिल्लामा यातायात बन्द

बिज्ञापन
बिज्ञापन

पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आह्वान गरेको यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ। मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज आइतबार र भोलि सोमबारका लागि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्द आह्वान गरेको हो।

बिज्ञापन

बिज्ञापन

आन्दोलनकारीले झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा यातायात बन्दको आह्वान गरेका हुन्। पूर्वपश्चिम, मेचीलगायत राजमार्ग तथा भित्री सडकमा यात्रुबाहक सवारी साधन चलेका छैनन्। केही स्थानमा साना सवारी साधन चलेका छन्।

बिज्ञापन

यातायातका साधन नचल्दा यात्रुहरू आफ्नो गन्तव्य जान पाएका छैनन्। केही स्थानमा चलेका यातायातका साधनलाई आन्दोलनकारीले रोकेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा बढी छ। अन्य जिलमा बन्दको सामान्य प्रभाव परेको उनले बताए। इटहरीलगायत केही स्थानमा बन्दकर्ताहरु सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन्।

केबलरकार निर्माणको निर्णय खारेजी, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ, प्रदर्शनका क्रममा गोली चलेको घटनाको न्यायिक छानबिन, पाथीभरा जाने बाटोको काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने लगायत माग आन्दोलनकारीको छ।

पाथिभरा क्षेत्रमा केबलबार निर्माणको विरोध गरिरहेका समूह र प्रहरीबीच अघिल्लो शनिबार झडप भएको थियो। काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते