होमपेज > दुई मोटरसाइकल दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते

दुई मोटरसाइकल दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते

बिज्ञापन
बिज्ञापन

झापामा तीब्र गतिका दुई मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिज्ञापन

कमल गाउँपालिका  र मेचीनगर नगरपालिकामा गएराति र आज बिहान भएका सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको हो। गएराति १२ बजे कमल गाउँपालिका-४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

बिज्ञापन

मृत्यु हुनेमा झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर-८ घर भएका ३३ वर्षीय अनिल कुमार लिम्बु र सोही ठाउँमा २० वर्षीय सोमराज लिम्बु छन्। ‘दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुद्वयलाई प्रहरीले उपचारको लागि रातिनै दमक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्,’ डीएसपी चन्दले भने। दुर्घटनाको खबरपछि प्रहरी चौकी केर्खाबाट गएको प्रहरी टोलीले उनीहरुलाई अस्पताल पुर्याएका थिए। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

त्यसैगरी आज बिहान करिब साढे ६ बजे झापाको मेचीनगर नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा तीव्र गतिमा रहेको प्रदेश नम्बर १-०१-०१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ बस्ने अन्दाजी ५० वर्षीय बिगेन राजबंसी छन्। उनी साइकल चालक हुन्।

बिज्ञापन

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर-६ घर भएका २० वर्षीय अभिशेक लिम्बु र मोटरसाइकलको पछाडी सावार सोही ठाउँका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन्। दुर्घटनामा घाइते भएका तीनैजनालाई उपचारको लागि बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा पुर्याइएको थियो । घाइतेमध्ये साइकल चालक राजबंसीको उपचारको क्रममा मृत्यु भएको हो । घाइते दुवै युवकको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते