होमपेज > हरेक विषयवस्तुको गहिराईमा जाउँ, त्यहाँ सकारात्मक कोणबाट थालनी गरौं: भूमिमन्त्री अधिकारी

हरेक विषयवस्तुको गहिराईमा जाउँ, त्यहाँ सकारात्मक कोणबाट थालनी गरौं: भूमिमन्त्री अधिकारी

बिज्ञापन
बिज्ञापन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक रहेको बताएका छन्।

बिज्ञापन

सोमबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हुने कामलाई नहुने तर्फ ढाल्दिने परस्थिती सिर्जना हुँदा सकारात्मक कामहरु सफल हुन नसकेको बताएका हुन्। उनले विषयवस्तुको गहिराईमा गएर सकारात्मक कुराको थालनी गरे मात्र सफल हुन सकिने बताए।

बिज्ञापन

उनले भने, ‘हरेक विषयवस्तुको गहिराईमा जाउँ। त्यहाँ सकारात्मक कोणबाट थालनी गरौं। यसो गर्यो भने हामी हरेक कुराहरुमा सफलतामा पुग्न सक्छौं। हाम्रो अहिलेको प्रवृत्ति कस्तो विकास भएको छ भने हल्लै हल्लामा हिड्ने, सत्तामा दौडिने, वास्तविकता के हो नबुझिकन बोल्दिने। हुने कामलाई नहुने तर्फ ढाल्दिने यस्तो परस्थिती सिर्जना भएको छ।’

यसैगरी उनले अहिलेको आवश्यकता के हो त्यसलाई पहिल्याउनुको साटो तर्किने प्रवृत्तिको विकास भएको बताए। उनले सुधार गर्नुपर्ने कुराहरुमा ध्यान नदिइ हिजो यो थियो भनेर उदाहरण दिएर भाग्ने कोशिष गर्दा हामीहरु सफल हुन नसकेको बताए।
‘हामीले गर्नुपर्ने के हो ? र त्यसलाई पूरा गर्नको निम्ती हामीले कति त्याग गर्नुपर्छ, कति मेहेनेत गर्नुपर्छ ? उनले भने, अथवा के के कुरामा सुधार गर्नुपर्छ त्यतातिर ध्यान गएको देखिँदैन। हिजो यो थियो भनेर उदाहरण दिएर हामी तर्किने काम गर्छौं।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते