होमपेज > महाराष्ट्रमा रेल दुर्घटना हुँदा ३ नेपाली नागरिकसहित १२ को मृत्यु (नामसहित)

महाराष्ट्रमा रेल दुर्घटना हुँदा ३ नेपाली नागरिकसहित १२ को मृत्यु (नामसहित)

बिज्ञापन
बिज्ञापन

भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ ४:४२ बजे ठूलो रेल दुर्घटना भएको छ। यहाँ पचोरा स्टेशन नजिकै महेजी र पर्धाडे बीचको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएको थियो।

बिज्ञापन

यसै क्रममा केही यात्रुले चेन तानेका थिए। जस कारण ट्रेन रोकियो र भयभीत भएका यात्रुहरूले बाहिर हामफालेका थिए।यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको कर्नाटक एक्सप्रेसले धेरै यात्रुलाई कुल्चेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। जलगाउँका एसपीले ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ। जबकि विशेष प्रहरी महानिरीक्षक दत्तात्रय करालेले पीटीआईलाई जानकारी दिएअनुसार १२ शव सिभिल अस्पतालमा पठाइएको छ।

बिज्ञापन

मृत्यु हुनेमा तीन जना नेपाली नागरिक पनि रहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ। जसमा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नबीन भण्डारी रहेको समाचारमा भनिएको छ। समाचारअनुसार उनीहरूको ठेगाना भने खुल्न सकेको छैन।  यस्तै ४० जना यात्रुहरू घाइते भएको बताइएको छ। मध्य रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरूले घटना भएको ठाउँमा तीव्र मोड आएको बताए। जसका कारण अर्को ट्र्याकमा बसेका यात्रुले रेल आइपुगेको पत्तै पाएनन्।

यही कारणले कर्नाटक एक्सप्रेसले यति ठूलो संख्यामा मानिसलाई कुचेको थियो। सेन्ट्रल रेलवेका सीपीआरओ स्वप्निल निलाले भने, ‘घटनास्थल मुम्बईबाट ४०० किलोमिटर टाढा छ।’ जलगाउँको सरकारी अस्पतालमा १२ शव ल्याइएको छ। जसमध्ये ७ जनाको पहिचान भइसकेको छ। मृत्यु हुनेमा ९ जना पुरुष र ३ जना महिला रहेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते