होमपेज > शेयर बजारमा हरियाली: ९ अर्बबढीको कारोबार

शेयर बजारमा हरियाली: ९ अर्बबढीको कारोबार

बिज्ञापन
बिज्ञापन

बुधबार शेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ। बजार दिनभर हरियाली रह्यो। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

बिज्ञापन

अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो। कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो। सबै सेक्टरका सूचक बढेका छन्। अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो। बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.००, व्यापार २.४५ प्रतिशत बढे।

बिज्ञापन

आज ‘हाइक्याप’ कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। धेरै मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सजस्ता ‘हाइक्याप’ कम्पनी पनि अगाडि देखिएका छन्। दुई कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्यो। ग्रीन डेभलपमेन्टको ९.८, एचआईडीसीएलको ८.४, सुपरमादी हाइड्रोपावरको ८.२ प्रतिशत मूल्य बढ्यो।

बाराही हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत घट्यो। रिभर फल्स पावरको ५.६, विन नेपाल लघुवित्तको २.८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि देखिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते