सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयान सकिएको छ। बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो।
बिज्ञापन
अब योगीकै इजलासले थुनछेक आदेश गर्नेछ। थुनछेक बहस बिहीबार (भोलि)मात्रै हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। भोलि सुरुमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ। त्यसपछि जाहेरवाला र लामिछानेका वकिलले बहस गर्नेछन्।
बिज्ञापन
बहस सकिएपछि इजलासले थुनछेक आदेशमार्फत लामिछानेलाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश गर्नेछ।








