होमपेज > प्रचण्डले भने– ओली सरकारको आयु धेरै छैन

प्रचण्डले भने– ओली सरकारको आयु धेरै छैन

बिज्ञापन
बिज्ञापन

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै नभएको दोहोर्‍याएका छन्। मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारको भविष्यवाणी गरेका हुन्।

बिज्ञापन

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला, नेता डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका हुन्। ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन। मैले प्रस्ट भन्ने गरेको छु। यो प्राकृतिक छैन। स्वाभाविक छैन। पारदर्शी छैन। सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्। अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ,’ उनले भनेका थिए।

बिज्ञापन

प्रचण्डले यसोभन्दा कांग्रेस नेता भण्डारी मुसुमुसु हाँस्दै कानेखुसी गरिरहेको भिडियोमा देख्न सकिन्छ। यस्तै नेता कोइरालाले पनि सरकार ढल्न सक्ने सङ्केत गरे। राजनीतिमा सरकार तलमाथि हुनुलाई स्वाभाविक हुने उनको तर्क थियो। ‘दुई ठुलो दल मिलेर स्टेबल सरकार दिने हाम्रो चाहना थियो। त्यसैले सरकार तलमाथि हुने सम्भावना कम छ। तर नहुने होइन राजनीति हो जे पनि हुन सक्छ’, उनले भने।

यस्तै संविधान संशोधनको कुरा पनि सत्ता गठबन्धनले प्रस्ट पार्नुपर्ने बताए। त्यतिकै हचुवाको भरमा संविधान संशोधन नहुने उनको तर्क थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते