माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।
बिज्ञापन
जसअनुसार सोमबार कम्पनीले राजधानीको बाग दरबारस्थित कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाडौँ महानगरपालिकाको सहयोग र समन्वयमा सम्पन्न गरेको हो।
बिज्ञापन
कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन्। रगतको अभाव र विभिन्न आपत्कालीन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको कम्पनीको भनाइ छ।








