होमपेज > निसन्तान महिलालाई गर्भवती बनाएबापत पुरस्कार दिने भन्दै ठगिए युवाहरु

निसन्तान महिलालाई गर्भवती बनाएबापत पुरस्कार दिने भन्दै ठगिए युवाहरु

बिज्ञापन
बिज्ञापन

अहिलेको जमाना डिजिटल युगको हो। तर, डिजिटल युगमा पनि ठगी गर्नेहरूको भने बिगबिगी छ। छिमेकी मुलुक भारतमा चाहिं केही युवाहरुलाई यस्तो लोभ देखाएर ठगी गरिएको छ, जसका बारेमा सायद ठगिनेलाई समेत उजुरी गर्न अप्ठ्यारो पर्‍यो होला।

बिज्ञापन

भारतको बिहारका केही नौजवान युवालाई ठगहरुले निसन्तान महिलाहरुलाई गर्भाधारण गराएबापत मोटो रकम पुरस्कार दिने भन्दै ठगी गरेका छन्। महिलालाई गर्भवती बनाएबापत पुरस्कार दिने भनी सोसल मिडिया साइट मार्फत् विज्ञापन गरेर ठगहरुले विहारको काउआरा गाउँका युवाहरुलाई ठगेका हुन्।

बिज्ञापन

गर्भाधारण गराएबापत प्रति महिला ५ देखि १० लाख भारु दिने र गर्भाधारण नभएतापनि प्रयास गरेमात्रै समेत ५० हजार भारु दिने भनेर अल इन्डिया गर्भाधारण जागिर सेवा नामक वेबसाइट नै खोलेर ठगहरुले बल्छी थापेका थिए ।त्यसरी वेबसाइटको विज्ञापनबाट लोभिएका युवाहरुलाई सुरुवातमा दर्ता शुल्क बापत केही रकम पठाउन लगाइन्थ्यो।

त्यसपछि केही महिलाको तस्वीर पठाएर त्यसमध्ये एकजना छान्न लगाइन्थ्यो र महिलाको सुन्दरताको आधारमा भन्दै सेक्योरिटी डिपोजिट भनेर थप रकम जम्मा गर्न लगाइन्थ्यो । त्यसपछि भने ठगहरु बेपत्ता हुन्थे।

बिज्ञापन

यो मामिलामा पीडित युवकहरुले उजुरी गरेपछि प्रहरीले अनुसन्धान गर्‍यो र तीनजनालाई पक्राउ गरेको छ। उनीहरु ठूलै अपराधिक समूहको सदस्य भएको आशंका गरिएको छ।

-(अनलाइनखबरमा प्रकाशित)

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते