सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायतका अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
बिज्ञापन
यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरिएको छ। कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्धारा दुबै विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो।
बिज्ञापन
चिसो माैसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो। बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमको विभिन्न कार्यक्रमहरु गर्ने योजना जनाएको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यलयहरु र १२५ वटा ए. टि. एम संचालनमा रहेका छन्।








