चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो। भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ।
मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा छ। यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन्।








