होमपेज > माछापुच्छ्रे बैंकले कमायो ८० करोड नाफा

माछापुच्छ्रे बैंकले कमायो ८० करोड नाफा

बिज्ञापन
बिज्ञापन

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ७३ रुपैयाँ खुद नाफा गरेको छ। बैंकले गत आवको दुई त्रैमास अन्त्यको बराबर नै नाफा कमाउन सफल भएको हो।

बिज्ञापन

गत आवको पुस मसान्तसम्म माछापुच्छ्रेले ८० करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको ब्याज आम्दानी घटे तापनि ब्याज खर्च पनि घटेका कारण गत आवको ६ महिनाभन्दा तुलनात्मक रुपमा केही बढी खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यस अवधिमा बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम पनि गत आवको भन्दा थोरै कम छ। यसकारण बैंकको नाफा केही लाख बढी देखिएको छ।

बिज्ञापन

६ महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड र इम्पेयरमेन्ट चार्ज २० करोड ४७ लाख रुपैयाँ छ। गत वर्ष यस्तो रकम २ अर्ब ६३ करोड र २३ करोड ८६ लाख थिए। यता बैंकको निष्क्रिय कर्जा भने भारी मात्रामा बढेको छ। गत आवको पुस मसान्तसम्म २।६ प्रतिशतमा रहेको खराब कर्जाको दर अहिले बढेर ४.५४ प्रतिशत पुगेको छ। खुद निष्क्रिय कर्जा भने १.९७ प्रतिशत छ।

बैंकको नाफा झिनो मात्राले बढ्दा प्रतिसेयर आम्दानीमा ३ पैसा सुधार भएर १३.८६ रुपैयाँ, नेटवर्थ १५४.२ रुपैयाँ र पीई रेसिया १६.२७ रहेको छ। ६ महिनाको अन्त्यमा बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६३ लाख रुपैयाँ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते