बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पुरक मुद्धा दर्ताका लागि आइतबार जिल्ला अदालत रुपन्देहीमा लगिदै छ।
बिज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले अदालतमा पूरक मुद्धा लैजान लागेको हो।यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा पूरक मुद्धा लैजान नसकेको जनाएको थियो।
बिज्ञापन
आइतबार भने कार्यालय खुलेपछि लामिछाने र जोशी लगायतको मुद्धा अदालतमा लैजाने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले सेतोपाटीलाई जानकारी दिए। ‘सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पूरक मुद्धा दर्ताका लागि हामीले आजै जिल्ला अदालत पठाउँछौं, त्यसपछि दर्ता गर्ने काम अदालतको हो,’ पौडेलले भने।
यसअघि लामिछाने र जोशीसहित १४ जना विरुद्ध पूरक मुद्धा लैजाने भनिएकोमा केही व्यक्तिहरु थप भएको पौडेलले बताए।
बिज्ञापन








