धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ। नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो।
बिज्ञापन
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन) द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन्। टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिनेछ।
बिज्ञापन
परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको जनाएको छ।








