चितवनमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
बिज्ञापन
मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका वडा नं ३ मनकामनाका ५८ वर्षीय यमबहादुर आले छन्। दुर्घटनामा गम्भीर घाइते भएका आलेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं ४ अध्यचोकमा आले सवार ना४९प २९३७ नम्बरको मोटरसाइकल र ना५च ९४८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
बोलेरो र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








