खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर र जनकपुर र राजविराजको उडान प्रभावित भएको हो।
बिज्ञापन
यसमध्ये विराटनगरको उडान अहिले पनि ठप्प छ। बिहानदेखि बन्द भएको राजविराजमा भर्खरै मात्र उडान सुरु भएको छ। जनकपुरमा पनि मौसम खुल्दै गएकोले उडानको तयारी गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
बिज्ञापन
बाँकी रहेका एयरपोर्टहरु चन्द्रगढी, भरतपुर, भैरहवा, नेपालगञ्ज धनगढी र पोखरामा भने विहानदेखि नै उडान नियमित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए।








