एनएमबि बैङ्कका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा यही मिति २०८१ पौष २५ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बिज्ञापन
एनएमबि बैङ्कको सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार गोयलज्यू को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ। सो साधारण सभामा बैङ्कका सेयर धनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए।
बिज्ञापन
बैङ्कको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ। बैङ्कले हाल देश भरी २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।








