होमपेज > भूकम्प आएपछि घरको छतबाट एक व्यक्तिले हाम फाले, ११ जना विद्यार्थी बेहोस

भूकम्प आएपछि घरको छतबाट एक व्यक्तिले हाम फाले, ११ जना विद्यार्थी बेहोस

बिज्ञापन
बिज्ञापन

चीनको तिब्बत केन्द्रविन्दु भएर आएको भूकम्पबाट आत्तिएर काठमाडौंको स्युचाटारस्थित घरको छतबाट एक व्यक्ति हाम फालेका छन्।

बिज्ञापन

हाम फालेर घाइते भएका ती व्यक्ति पुरुष भएपनि उनको परिचय भने खुलेको छैन। दुवै खुट्टामा चोट लागेकाले उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ। यस्तै भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको बारा प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रादेशिक अस्पतालमा उपचारपछि उनीहरू निस्चार्ज भइसकेका छन्। त्यस्तै भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी–४ को प्रहरी चौकीमा सामान्य क्षति भएको छ । यसैगरी ओखलढुंगा र सोलुखुम्बुमा पनि मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। तिब्बतको दिङ्गे केन्द्रविन्दु भएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो।

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। यस्तै कम्तीमा ६२ जना घाइते भएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते