नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ। सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने सुनको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भैरहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोलाएक लाख ५२ हजार रूपैयाँमै कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, मंगलबार चाँदी मूल्य भने बढेको छ। सोमबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अधिल्लो दिनको तुलनामा २० रुपयाले बढेको हो।








