होमपेज > सहकारी ठगी प्रकरण: रविको पक्षबाट सोविता गौतमसहितका वकिलले आज बहस गर्ने

सहकारी ठगी प्रकरण: रविको पक्षबाट सोविता गौतमसहितका वकिलले आज बहस गर्ने

बिज्ञापन
बिज्ञापन

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्।

बिज्ञापन

थुनछेक बहस अन्तर्गत, सात जना प्रतिवादीविरुद्ध भइरहेको सुनुवाइमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईको पक्षबाट बहस गरिएको थियो। न्यायाधीश नितिज राईको इजलासमा जारी बहसमा जोशीकातर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्। तीमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने अन्य पाँच जनाको बहस बाँकी छ।

बिज्ञापन

लामिछानेका तर्फबाट बहस गर्ने क्रम जोशी पक्षको बहस सकिएपछि मात्रै सुरु हुने श्रेस्तेदार राजन खनालले जानकारी दिए। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्नेछन्। लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका वकिलहरूले बहस गर्ने कार्यक्रम छ।

प्रतिवादी पक्षका सबै वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले प्रतिवादीहरूलाई साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने सम्बन्धी आदेश दिनेछन्। वकिलहरूको संख्या धेरै भएकोले आदेश आउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते