होमपेज > सरकारी निकायका १० वेबसाइट ह्याकरको कब्जामा

सरकारी निकायका १० वेबसाइट ह्याकरको कब्जामा

बिज्ञापन
बिज्ञापन

सरकारी निकायका १० वेबसाइट ह्याकरको कब्जामा रहेको पाइएको छ। ह्याक हुनेमा अधिकांश कर्णाली प्रदेश अन्तर्गतका विभिन्न निकायका छन्।

बिज्ञापन

सामाजिक सञ्जाल लिङ्क्डइनमा एक पोस्ट राख्दै साइबर सुरक्षा अनुसन्धानकर्ता रोदन महर्जनले यस विषयमा जानकारी दिएका छन्। महर्जनका अनुसार यी वेबसाइट ‘वाईएनआर’ नामबाट परिचित ह्याकरको समूहले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

“तपाईंको व्यक्तिगत पहिचानयोग्य जानकारी कत्तिको सुरक्षित छ ?,” उनले लेखेका छन्, “नेपालमा हालै सरकारका वेबसाइटहरूमा भएको ह्याकिङ (defacement) एक समूह ‘वआईएनआर’द्वारा गरिएको पहिचान भएको छ।”

ह्याक भएका वेबसाइटमा ह्याकरको टोलीले आफ्नो लोगो र ह्याक भएको सूचना राखेको छ।

बिज्ञापन

-यी हुन् ह्याक भएका १० सरकारी वेबसाइट:

१- भू तथा जलाधार व्यवस्थापन कार्यालय

२- सामाजिक विकास कार्यालय कालिकोट

३- परियोजना कार्यान्वयन एकाइ गमगढी, मुगु

४- मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन ओत केन्द्र भैरहवा, रूपन्देही

५- पीडीएफ कर्णाली

६- बृहत दाङ उपत्यका सिंचाइ आयोजना

७- वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज, बाँके

८- प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौडा

९- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

१०- पशु सेवा तालिम केन्द्र नेपालगञ्ज

ह्याक भएका केही वेबसाइटबाट ह्याकरको जानकारी हटाइए पनि अधिकांशमा यथावत् छ। हालै मात्र यसरी नै नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट ह्याक भएको पाइएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते