होमपेज > सामसङ ग्यालेक्सी वाच८ सिरिज: अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल

सामसङ ग्यालेक्सी वाच८ सिरिज: अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल

बिज्ञापन
बिज्ञापन

सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ।

बिज्ञापन

यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ। दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ।

बिज्ञापन

ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित जडित छ। यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले तपाईंको सर्केदीयन् रिदमको विश्लेषण गरेर कहिले सुत्दा तपाईं बिहान ताजगीको साथ उठ्न सक्नुहुन्छ भनेर सुझाव दिन्छ। यसमा रहेको रनिंग कोचले तपाईको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन
सुधार गर्न सहयोग गर्छ।

बिज्ञापन

साथै, तपाईको करोडेनोइड लेभल छिटो जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिन्छ। अब जेमिनी एआईको सहायताले तपाईले वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सक्नुहुन्छ। सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ। ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई

अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ।

ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत आफ्नो उत्कृष्ट पहिचान बनाउँछ। पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ। यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ। यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ। यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि लाग्दैन, एकदमै सहज लाग्छ।

उपलब्धता

ग्यालेक्सी वाच८ सिरिज तपाईँको हरेक जीवनशैलीसँग मिल्ने गरी तयार गरिएको हो, जसले तपाईँलाई स्वस्थ रहन, जोडी रहन र अझ सन्तुलित जीवनतर्फ सार्थक कदम चाल्न प्रेरित गर्दछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते