होमपेज > हुन्डाइको क्रेटा इभी सार्वजनिक

हुन्डाइको क्रेटा इभी सार्वजनिक

बिज्ञापन
बिज्ञापन

हुन्डाइले आफ्नो बहुप्रतिक्षित विद्युतीय एसयूभी क्रेटा इभी आधिकारिक लन्च अगावै सार्वजनिक गरेको छ। यो कार जनवरी १७ मा भारत मोबिलिटी एक्सपोमा प्रदर्शन गरिने जनाइएको छ।

बिज्ञापन

क्रेटा इभी ४२ र ५१.४ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध हुने जनाइएको छ। यी ब्याट्रीहरूले क्रमशः ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यो लङ रेन्ज भेरिएन्टले अधिकतम प्रतिघन्टा सय किलोमिटरको स्पिड ७.९ सेकेन्डको गतिमा पूरा गर्ने छ। फास्ट चार्जर प्रयोग गर्दा ५८ मिनेटमा ब्याट्री १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ। यस्तै, ११ किलोवाटको स्मार्ट वाल बक्स चार्जरले ४ घण्टामा १० देखि १०० प्रतिशत चार्ज गर्ने सुविधा दिन्छ। कारमा भेहिकल टु लोड प्रविधि छ, जसले बाह्य उपकरणहरू पावर गर्न मद्दत गर्छ।

बिज्ञापन

यो चार भेरियन्टहरूस एक्जिक्यूटिभ, स्मार्ट, प्रिमियम, र एक्सिलेन्समा उपलब्ध हुनेछ। यो कारमा सिफ्ट–बाय–वायर प्रणाली राखिएको छ। डिजिटल चाबीको साथ, प्रयोगकर्ताहरूले स्मार्टफोन वा स्मार्टवाचबाटै गाडी लक, अनलक, र स्टार्ट गर्न सक्ने जनाइएको छ। बाहिरी आवरणले नियमित क्रेटाको अनुभव प्रदान गर्ने दाबी गरिएको छ। कारमा ठाडो स्ट्याक गरिएको हेडल्याम्प, एल–आकारको एलइडी डिआरएल र टेललाइट, तथा दुबै छेउमा एलइडी लाइट बार राखिएका छन्। १७ इन्चको डुअल–टोन एलोय ह्वील र कम रोलिङ प्रतिरोधी टायरले कारको एरोडाइनामिक्स सुधार्नेछ।

क्रेटा इभी ८ मोनोटोन र २ डुअल–टोन रंगमा उपलब्ध हुनेछ, जसमा ३ म्याट फिनिस विकल्प समावेश छन्। यस कारको मूल्य भारत मोबिलिटी एक्सपोमा जनवरी १७ का दिन सार्वजनिक गरिने जनाइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते