होमपेज > लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

बिज्ञापन
बिज्ञापन

लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

बिज्ञापन

पोखरा बाट अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अबैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन्।

बिज्ञापन

गएको बिहीबार राती नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अबैध लागू औषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त थापाको घरकोठाबाट ०.५०० ग्राम खैरो हिरोइन, लागू औषध गाँजा ६०० ग्राम, ल्क्ष्त्च्ब्ख्भ्त्–१० नाम उल्लेख भएको लागू औषध १९९ चक्की र मोवाईल एक थान समेत बरामद भएको प्रहरीले बताएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले नै पोखरा महानगरपालिका वडा नं.१ सिद्धनाथ टोलबाट अबैध लागू औषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको बताइएको छ। उक्त स्थानबाट पोखरा १ सिद्धनाथ टोलका ३७ वर्षीय निसदबाबु श्रेष्ठ र पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थायी वतन भई हाल पोखरा ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.कलाई अबैध लागू औषध खैरो हिरोईनका साथमा विभिन्न खाले लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ।

बिज्ञापन

पक्राउ परेका जना लागू औषधका कारोबारी रहेको र उनीहरुविरुद्ध कास्की जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्दामा म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते