चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरू शुक्रबारदेखि १० दिनका लागि बन्द भएको छ।
बिज्ञापन
जनकपुरधाम उपमहानगरले संस्थागत तथा सामुदायिक विद्यालयहरूमा शुक्रबारदेखि २९ पुससम्मका लागि जाडो बिदा दिएको हो। वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको उपमहानगरले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।
बिज्ञापन
केहीदिन यता तराई मधेशमा जाडो बढ्दा जनजीवन प्रभावित बनेको छ।








