होमपेज > १६० केजी गाँजासहित दुईजना पक्राउ

१६० केजी गाँजासहित दुईजना पक्राउ

बिज्ञापन
बिज्ञापन

वीरगन्जमा मालबाहक ट्रकबाट १६० गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षीय राजाल विश्वकर्मा रहेका छन्।

बिज्ञापन

आइतबार राति परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना. ३ ख ४२१२ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको हो।

ट्रकबाट गाँजा बरामद भएपछि त्यसका चालक, गाडीधनी भलान र त्यसमा सवार विश्वकर्मालाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

बिज्ञापन

गाँजासहित पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखेर उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते