होमपेज > बाजुरामा भूकम्पले १८ घर भत्किए

बाजुरामा भूकम्पले १८ घर भत्किए

बिज्ञापन
बिज्ञापन

शनिबार बिहान ४:१४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिका ५ गोत्री आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले गरेको क्षतिको विवरण आउन थालेको छ। भूकम्पका कारण बाजुरासहित कालिकोटका विभिन्न स्थानमा भौतिक क्षति भएको प्रारम्भिक तथ्याकं प्राप्त भएको छ।

बिज्ञापन

बुढीनन्दा नगरपालिका वणडा नम्बर २ मा स्थानीय कल्पना बुढाको दुई तले घर पूर्ण रूपमा क्षति भएको छ। त्यस्तै सोही नागरपालिका ३ मा धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मान सिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ। त्यस्तै सोही ठाउँको कैलाश अतिथिगृहको भवनमा पनि क्षति भएको छ। त्यस्तै सोही नगरपालिका-४ मा स्थानीय जनक बोहरा, वडा नम्बर ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पनि पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिए।

बिज्ञापन

त्यस्तै भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका १ मा दशरथ विक, आनन्द विक, चम्फे विक, मन विकको घरमा क्षति भएको छ। प्रहरीका अनुसार बिहानदेखि भूकम्पबाट भएको क्षेति विवरण संकलनका लागि ५५ जनाको टोली खटिएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

त्यसै गरी भूकम्पका कारण कालिकोटको रास्कोट नगरपालिका ३ मा स्थानीय डम्वर कुमाल, पाचायोगीको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए। त्यस्तै सोही नगरपालिका ८ मा पुस्पराज न्यौपानेको घरमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

-यो पनि पढ्नुहोस्:

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते