कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज शनिबार गोलभेडा, मटरकोशा, साग, च्याउलगायतका तरकारीको भाउ बढेको छ। यो दिन टनेल गोलभेडाको भाउ बढेर प्रतिकेजी ९७ रुपैयाँ ६७ पैसा कायम भएको छ। यसअघि भने ६० रुपैयाँ थियो।
बिज्ञापन
त्यस्तै, लोकल सतो मूला प्रतिकेजी ३७ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ७१ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, सलगम ९५ रुपैयाँ, रायोको साग ३० रुपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिज्ञापन
त्यस्तै सखरखण्ड ९५ रुपैयाँ, कन्य च्याउ १६२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३५५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ र हाइब्रीड काक्रो ९५ रुपैयाँ कायम भएको छ।








