राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ।
बिज्ञापन
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेका छलफलका एजेण्डामा छलफल नसकिए पछि आज पनि बैठक बस्न लागेको हो।
बिज्ञापन
हिजोबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार जारी बैठकमा पृथ्वी जयन्ती अर्थात् एकता दिवस र पार्टीका विभिन्न कार्यविधि लगायत विषयमा पनि निर्णय लिने तयारी रहेको छ।
बिज्ञापन








