होमपेज > शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँड

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँड

बिज्ञापन
बिज्ञापन

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिबेञ्चर” नामको १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रहरु साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड सम्पन्न भएको छ।

बिज्ञापन

उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो। जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ। कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो। उक्त निष्काशनमा विभिन्न संघ, संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको थियो।

बिज्ञापन

हालका दिनहरुमा सर्वसाधारण लगानीकर्ताहरुद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ । जसले नेपालको पूँजी बजारप्रतिको सर्वसाधारणहरुको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ। यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पूँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकहरुलाई अझ प्रभावकारी, भरपर्दा र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहो¥याएको छ।

उक्त ऋणपत्रको निष्काशन कार्य सम्पन्न भइसकेको सन्दर्भमा सो प्रकृयामा सहयोग पु¥याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई बैंकले धन्यवाद ज्ञापन गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते