होमपेज > नेपाल प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी

नेपाल प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी

बिज्ञापन
बिज्ञापन

प्रहरीको एसएसपी बढुवा विरुद्ध उजुरी परेको छ । साउन ५ मा बढुवा समितिले ११ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । सो निर्णय विरुद्ध प्रतिस्पर्धी एसपी बिमल बस्नेतले उजुरी गरेका हुन् ।

बिज्ञापन

मेरिट लिस्टको पहिलो नम्बरमा रहेका बस्नेतले उजुरी सुन्ने समितिमा उजुरी गरेको बढुवा समितिका एक जना सदस्यले बताए । देश बाहिर रहेका बस्नेले वारेसमार्फत उजुरी पठाएका छन् । राष्ट्रिय अनुसन्धानबाट आएका बस्नेत वरीयता सूचिको पहिलो नम्बरमा भए पनि सिफारिसमा छुटेका थिए । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन

सो समय सीमा अझै पुरा नभएको हुनाले उनलाई सिफारिस नगरिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । उनी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन् । बढुवा समितिले तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधी ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाललाई बढुवा सिफारिस गरेको थियो । एसपी बस्नेतले आफूलाई अन्यायपूर्ण तवरले छुटाइएको जिकिर गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते