होमपेज > एक लाख बढीले हेरे एनपीएल

एक लाख बढीले हेरे एनपीएल

बिज्ञापन
बिज्ञापन

नेपाल प्रिमियर लिग (एनपीएल) का खेल अहिलेसम्म एक लाख बढीले कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेर हेरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारसम्म एक लाखभन्दा बढीले एनपीएलका खेल प्रत्यक्ष उपस्थित भएर हेरेको जनाएको छ। ‘एनपीएलका खेल अहिलेसम्म एक लाख बढी दर्शकले मैदानमै उपस्थित भएर हेरेका छन्। हामीले सोचेभन्दा दर्शकको उपस्थिति धेरै राम्रो छ’, क्यानका प्रवक्ता तथा केन्द्रीय सदस्य छुम्बी लामाले भने।

बिज्ञापन

क्यानले चार प्रकारका टिकट दर निर्धारण गरेको थियो। जसमा उद्घाटन, लिग, प्लेअफ र फाइनलका भिन्दाभिन्दै दरमा टिकटको मूल्य तोकिएको थियो। उद्घाटन खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ तोकिएको थियो। यसैगरी अन्य लिग खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य तोकिएको थियो। यस्तै प्लेअफका खेलमा पाँच सय र सात सय तथा फाइनलका लागि साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ मूल्य तोकिएको छ।

बिज्ञापन

यसैगरी दर्शकले चार हजार चार सय ८० रुपैयाँमा साधारण र आठ हजार दुई सय ४० रुपैयाँमा भीआईपीतर्फको सिजनल टिकट पनि खरिद गर्न सकिने व्यवस्था क्यानले गरेको थियो। क्यानले भीआईपीतर्फ बढीमा एक हजार दुई सय र साधारणतर्फ १० हजारसम्म टिकट बेच्ने जनाएको थियो। बिहीबारसम्म एनपीएल सुरु भएको १७ दिन भएको छ भने ३२ मध्ये ३१ खेल सम्पन्न भइसकेको छ। यस अवधिमा सरदर आठ हजार पाँच सय भीआईपी र ९१ हजार पाँच सयले साधारणतर्फको टिकट काटेको क्यानको अनुमान छ। जसमध्ये भीआईपीतर्फ ४२ लाख ५० हजार र साधारणतर्फ दुई करोड ७४ लाख ५० हजार रुपैयाँ गरी तीन करोड १७ लाख रुपैयाँको टिकट बिक्री भएको क्यानको अनुमान छ।

क्यानका प्रवक्ता लामाले प्रतियोगिता सकिएपछि सम्पूर्ण खर्चको हिसाब सार्वजनिक गरिने बताए। ‘हामी प्रतियोगिता सकिएपछि सम्पूर्ण खर्चको हिसाब सार्वजनिक गर्छौं’, प्रवक्ता लामाले भने, ‘टिकट बिक्रीाट सोचेभन्दा धेरै राम्रो कमाई भएको छ।’ क्यानले टिकट बिक्रीको ५० प्रतिशत रकम एनपीएलमा सहभागी आठ वटै फेन्चाइज टोलीलाई दामासाहीले वितरण गर्ने जनाएको छ।

बिज्ञापन

क्यानले फेन्चाइज टोली बिक्रीबाट करिब १७ करोड र कमर्सियल राइट बिक्रीबाट पाँच करोड रुपैयाँ आम्दानी गरेको थियो। यसैबीच शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलको पनि टिकट सोल्डआउट भएको क्यानले जनाएको छ। बिहीबार साँझ खुला गरिएको अनलाइन टिकट बिक्री केही समयमै सकिएको जनाइएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते