४५ लाख रुपैयाँ ठगीको आरोपमा लागेका व्यक्ति पक्राउ परेका छन्।
बिज्ञापन
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
बिज्ञापन
उनीविरुद्ध तीन फरक ठाउँमा गरेर ४५ लाख ठगीको मुद्दा परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए। उनले दुबईको ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर भएको बताउँदै दुबई पठाउने भनेर ३ लाख ३२ हजार ठगी गरेको आरोप छ।
त्यस्तै सुर्खेत जिल्ला अदालतमा ३० लाखको चेक अनादार मुद्दा विचाराधीन अवस्थामा रहेको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जनाले १२ लाख १५ हजार ठगीको उजुरी दिएका छन्।








